१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन् मुख्यमन्त्रीको कार्यालयमा खटाएका सचिवहरू

१३ माघ २०७४, शनिबार ०२:१०

माघ १३, काठमाडौं । सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ। 

सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो। यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो। 

प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ। अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन्। यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन्।

दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो। त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ। उनीहरू सबै प्रशासन समूहतर्फका हुन्।

मन्त्रालयले चाँडै प्राविधिक, राजस्व, कानुन समूहका कर्मचारी पठाउने तयारी भइरहेको जनाएको छ। सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाँकी ६ मन्त्रालय र प्रदेशसभाका लागि तत्काल ७० सहसचिव खटाउनुपर्नेछ। संघीय निजामतीका सहसचिवले प्रदेश मन्त्रालयको सचिव भएर काम गर्नुपर्नेछ।


प्रदेशमा कर्मचारी खटाउने मापदण्ड

-लामो समयदेखि रोजाइको कार्यालयमा बसेका

-भर्खरै बढुवा वा नियुक्त भएका

-र, प्रदेशमा जान इच्छुक


बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव

मुख्यमन्त्रीको कार्यालय


सन्तोष श्रेष्ठ : प्रदेश १

हरि फुँयाल : प्रदेश २

रमेशप्रसाद सिवाकोटी : प्रदेश ३

लालमणि ओझा : प्रदेश ४


जितेन्द्र काफ्ले : प्रदेश ५

यज्ञराज बोहरा : प्रदेश ६

प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने


यज्ञबहादुर खत्री : प्रदेश १

देवीराम भण्डारी : प्रदेश २

बलदेवप्रसाद जोशी : प्रदेश ३


फणीन्द्रमणि पोखरेल : प्रदेश ४

प्रेमप्रसाद भट्टराई : प्रदेश ५

केशवराज आचार्य : प्रदेश ६

पीताम्बर घिमिरे : प्रदेश ७


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल