२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल: विश्वव्यापी खुला प्रतिस्पर्धा

२०७४, १० फाल्गुन बिहीबार ०२:३१

फागुन १०, काठमाडौँ | लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रो रेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । 

लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले विश्वव्यापी रूपमा खुला प्रतिस्पर्धामार्फत सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उद्देश्यसहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । 

प्रस्तावअनुसार नौबिसे, नागढुंगादेखि कलंकी– माइतीघर–कोटेश्वर हुँदै धुलिखेलसम्म पुग्नेछ । निर्माण सम्पन्न भएपछि दैनिक २ लाख यात्रुलाई सेवा दिन सकिने मेट्रोरेलको लागत प्रतिकिलोमिटर ५ देखि ६ अर्ब अनुमान गरिएको छ । मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलले यातायात व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरेको छ । 

सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ । धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गमार्फत आउने सबै बस यसै क्षेत्र तथा महेन्द्रलगायत अन्य राजमार्गमार्फत् आउने बसहरूको लागि नौबिसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यही रोकि ट्रेनमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ । - खबर कारोबार दैनिकले प्रमुखताको साथ  छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्