2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीमा बलात्कार प्रकरण: पिडितको बैंक खातामा १८ लाख, ७ लाखको जग्गा !

फागुन १३, इटहरी | बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९/९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

मितेरी डेभलपमेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमिन किनेको पनि फेला परेको छ । पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलापत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो । लेनदेनमा परिवारका सीमित सदस्य मात्रै सहभागी थिए ।

घटनालाई सामसुम पार्न पीडितलाई २५ लाख रुपैयाँ दिइएको अभियुक्त मनीष श्रेष्ठले प्रहरीलाई बयान दिएका थिए । श्रेष्ठ र जकब लिम्बू दुवैलाई म्याद थप गरी अनुसन्धानमा राखिएको छ । घटना मिलाएको आरोपमा सार्वजनिक अपराध मुद्दा दर्ता गराइएका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विक सम्पर्क बाहिर छन् ।

इटहरी उपमहानगरपालिका २० तरहराकी १४ वर्षकी ती बालिकालाई उनका प्रेमी जकब लिम्बूले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते हलगडामा रहेको रोयल रिसोर्टमा लगेर साथी मनीष श्रेष्ठसँग मिलेर बलात्कार गरेको आरोप छ । बलात्कार जस्तो जघन्य घटनामा प्रहरीले नै मिलापत्र गराएको भन्दै गृहमन्त्रालयले सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई