२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबोध बालकको हत्या कसरी राजनीतिक?

६ चैत्र २०७४, मंगलवार ०१:५७

चैत ६, धनगढी | रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउँदका ६५ वर्षीय हजुरबा जंगबहादुर साउँदले भने, ‘न्यायालयबाट छुटेमा हाम्रो भन्नु केही हुन्थेन। अदालतले फैसला गरेर छोडेमा चित्त बुझे चुप लाग्ने र चित्त नबुझे उच्च अदालत र सर्वोच्च अदालत जाने बाटो खुला हुनेछ।’ सरकारले छाडेमा हामी पीडित कहाँ जाने उनको प्रश्न छ। 

‘सरकारले नै हाम्रो न्याय खोसेमा जनताका बीचमा आफ्ना पीडा राख्नेछौं,’ उनले भने। सरकारले न्याय नदिएमा जनताको साथबाट न्याय पाउने उनको आशा छ। सरकारले दबाब, प्रभाव र पहुँचका आधारमा अपराधीलाई उन्मुक्ति दिन थालेमा दण्डहीनता मौलाउने उनी बताउँछन्।

‘अनशन बस्दैमा अपराधीलाई उनमुक्ति दिने हो भने कारागार बनाउनुको के अर्थ हुन्छ?’ उनले भने, ‘मान्छे मारेर जो पनि १०–१५ दिन भोकै बस्न सकिहाल्छ नि।’ रेशम चौधरीलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीमा भेट गरेको र वर्तमान गृहमन्त्रीले जेलभित्र गएर जुस खाएको घटनाप्रति पीडितको आपत्ति छ। मिडियाले पनि पीडितका पक्षमा अवाज नउठाएको गुनासो उनले गरे। ‘मिडिया पनि मौन छ। हामी पीडितका पक्षमा कोही बोल्दैन,’ उनले भने, ‘आमाको काखमा खेलिरहेका डेढ वर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो?’ चुनाव जित्दैमा अपराध गरेकालाई छुट दिइनुपर्छ भन्ने न्यायसंगत नहुने उनले बताए।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले न्यायका लागि विभिन्न निकायमा धाउँदाधाउँदा आफू आजित भएको बताइन्। ‘रेशम चौधरीलाई सरकारले उन्मुक्ति दिने हो भने हामीलाई न्याय दिने कसले?’ उनले भनिन्, ‘यो अपराध हो, अपराधलाई राजनीतिक मुद्दा नबनाइदिनुहोस् भनेर सरकारलाई भन्दाभन्दा थाकिसक्यौं ।’ फरार रहेका रेशम चौधरी अदालतमा आत्मसमर्पण गरिसकेपछि मुद्दा अदालती प्रक्रियाबाटै टुंगिनुपर्ने उनको माग छ। ‘अदालतको प्रक्रियामा रहेका मुद्दामा अदालतलाई निष्पक्ष ढंगले फैसला होस् भन्ने हाम्रो माग हो,’ उनले भनिन्, ‘सरकारले आफूलाई मन परेका मान्छेका मुद्दा फिर्ता लिने हो भने कानुनी राज्यको के अर्थ रह्यो?’ आफूले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई भेटेर पीडितका पक्षमा बोलिदिन आग्रह गरेको उनले बताइन्। ‘रेशम चौधरी अनशन बसेर मर्ने अवस्था आउनु हुँदैन। अनशन तोडाउन सरकारसँग आग्रह गरेका छौं,’ आयोग अध्यक्ष अनुपराज शर्मालाई उधृत उनले भनिन्, ‘हामी भेट्न जाँदा अदालतमा विचाराधीन मुद्दा भएकाले बोल्न मिल्दैन। सरकारले मुद्दा फिर्ता लिएमा आवाज उठाउँछौ।’

मृतक बालककी आमा यशोदा साउँदले सरकारले सबै नागरिकलाई समान आँखाले हेरेर न्याय दिनुपर्ने बताइन्। ‘सरकार हामी सबैको अभिभावक होे, सरकारले नै अपराधीको पक्ष लिएर न्याय खोसेपछि हामी कहाँ जाने?’ उनले भनिन्।

२०७२ भदौ ७ गते टीकापुर ९ स्थित उनको घरको आँगनमा खेलिरहेका बेला गोली  लागेर उनका डेढ वर्षीय छोरा टेकबहादुरको ज्यान गएको थियो।

थरुहट राज्य माग राख्दै आन्दोलनमा उत्रिएका थरुहट पक्षधरले टीकापुर नगर प्रवेश गर्ने क्रममा टीकापुर पशु हाटबजार नजिक रोक्न खटिएका प्रहरीमाथि आक्रमण गर्दा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी मारिएका थिए। -  यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य