२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भमा परिक्षण गराउँदा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

११ बैशाख २०७५, मंगलवार ०१:११

वैशाख ११, काठमाडौँ | गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। 

अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए।

विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ।

जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिए। ज्ञानीले रुदैं भनिन्, ‘पेटमा बच्चा आएदेखि छोरीको दशा लागेको थियो।’ अन्जली गर्भवती भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए। गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्दै आएका थिए।

एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए। दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रविण दासले बताए। वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे।

‘छोरीको घर जाने मन थिएन्, जबरजस्ती लग्यो,’ आमा ज्ञानीले भनिन्। ७ गते बिहानै अञ्जली श्रीमानसँग मोटरसाइकलमा बसेर घर गइन् । सोही साँझ उनको हत्या भयो। आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो, मृतकका फूपू रामअधिन दासले बताए। हामीलाई ज्वाइले वा अञ्जलीका ससुराले उनको मृत्युको विषयमा कुनै जानकारी गराएन्। – यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट मनिका झाले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य