2026-10-18 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पाणिनि गाउँपालिकामा शिक्षा दिवसमा विभिन्न कार्यक्रम

भदौ २३, अर्घाखाँची | ३९ औ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा भब्य रुपमा मनाइएको छ । 

पाणिनि गाँउपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने ब्यक्ति , शिक्षक तथा विद्यार्थीलाइ सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ । 

कार्यक्रममा आधारभुत तह, माध्यमिक तह तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अध्यापन गराउने शिक्षक, राम्रो काम गर्ने विद्यालय ब्यबस्थापन समिति, विद्यालय कर्मचारीलाइ सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले शिक्षाको गुण स्तर बृद्धि गरि ब्यवहारिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा विना देसको विकास सम्भव नभएको बताउनु भयो । 

गाँउपालिकाको अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतम, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, गाँउ शिक्षा समितिका अध्यक्ष गुणखर अधिकारी, नेरामाविका प्रधनाध्यापक पुस्करराज पोख्रेल, स्रोत ब्यक्ति यादव प्रसाद घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम पाणिनि गाँउ पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेलको स्वागत र स्रोत ब्यक्ति ठाकुर गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु