कात्तिक ९, गोरखा | गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् ।

धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् ।

'बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए', हरमटारी टोलका स्थानीयले भने, 'एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।'

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए ।

भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।

- आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ ।

कोठा-कोठा पसेर क्रिस्चियन धर्म प्रचार