२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: दिलीप विष्टले पनि बयान स्वीकार गरेका थिए तर… !

२२ मंसिर २०७५, शनिबार ०४:०८

मंसिर २२, कञ्चनपुर । निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युयकमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए । तर, पछि डिएनए जाँच भने मेल खाएका थिएनन ।

‘हामी प्राविधिक पक्ष हेरिरहेका छौँ । साईन्टिफिक प्रुफ हुनुपर्छ ।’ हामी अनुसन्धानमै छौँ, सिआईबीका एक उच्च अधिकारले भने ।

‘हामीसँग बयान स्वीकार गर्नुले मात्र केहि अर्थ राख्दैन, त्यसैले अहिल्यै केहि भन्न सकिन्न ।’

निमर्लाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महनेन्द्रनगरबाट काठमाडौं गएका थिए ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ बर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाईएको थियो । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो