फागुन १५, अछाम | अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी जनक शाहीले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ |