२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा महिलाको शंकास्पद मृत्यु, मृतकका पति र सासू बाटोबाटै फरार

२५ जेष्ठ २०७६, शनिबार ०१:१९

जेठ २५, काठमाडौँ | सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । 

सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकका पति र सासू  बाटोबाटै फरार

नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ । सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो ।

नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको जहाँगिरको भनाइ छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भक्कानिँदै भने, ‘भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए ।’ प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।

नुरजहाँका बुबा मो. मुस्ताक छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न कतारमा पसिना बगाउँदै छन् । ‘दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन्,’ नुरजहाँका काका मो. जुमनले भने, ‘छोरीको अनुहारसमेत हेर्न पाएनन् ।’ आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेकी छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान