२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंपछि तराइमा सिरिन्ज आक्रमणको त्रास

२०७६, २० असार शुक्रबार ०१:५६

असार २०, काठमाडौँ | काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ। 

बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए ।

पुलको पारीपट्टी मोटरसाइकल रोकेर दुइ जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले नागरिकसँग भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै …’हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो।’

धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए ।

- यो समाचार नागरिक दैनिकमा छापिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस