२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले

१६ भाद्र २०७६, सोमबार ०३:५६

भदौ १६, काठमाडौँ | नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ । 

एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । 

प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । 

यसरी थाहा पायो बैंकले 

आजको राजधानी दैनिक लेख्छ–बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ । त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ । तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो । अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए ।


सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो । त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हेर्यो । सोही समय एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ । सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो । उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए । त्यसबेला सीसीटीभी लाइभ थियो । लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भएपछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गर्यो । त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो । अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ । त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा