२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्रभित्र यस्तो भयंकर तयारी हुँदै

२०७६, १८ भाद्र बुधबार ०४:३३

भदौ १८, काठमाडौँ | नेपालको आन्तरिक मामिलामा छिमेकीको रुची प्रष्टिन्छ, मधेसवादीसहित बाबुरामहरुको बलियो गठबन्धन बनाउनमा । र, त्यसका पछिल्ला विवरण प्राप्त भएका छन् । 

नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकीको सोंच छ । नरेन्द्र मोदीको अघिल्लो कार्याकालको अन्तिमताका नीति नै थियो, दूतावास वा कुनै एजेन्सी देखिनेगरी राजनीतिक वा अन्य मामिलामा सक्रिय नहुने । तर, नियमित जिम्मेवारीभित्रका सुक्ष्म विश्लेषण गरीने काम भने रोकिएको थिएन । 

जब मोदी प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै थिए, राजदूतमा प्रस्तावित भए रञ्जित रे । लण्डनबाट सीधै आएका हुन्, विवेक जोहरी, ‘रअ’को नेपाल चिफको रुपमा । आएलगतै बाबुरामलाई प्रधानमन्त्री बनाउन राम्रै लबिङ गरे । 

काठमाडौंमा पुलिसतर्फ होस् वा अरुतर्फ, भारतले डिआइजीस्तरका अधिकारी खटाउने गर्दछ । तर, विवेक जोहरी त्योभन्दा माथिल्ला दर्जाका हुन्, एडिजिपी । अर्थात्, नेपालको एआइजी जत्तिकै । पोहोरदेखि दिल्लीमा छन् । ‘रअ’ को प्रमुख हुने लाइनमा थिए, तर सामन्तकुमारले टप्काइदिए । अहिले जोइन्ट सक्रेटरी छन्, चिफको लाइनका ।

उता ‘रअ’लाई सीधै प्रधानमन्त्री कार्यालय मातहत राखिने कारण नेपालमा पनि त्यस्तो अभ्यास थालिएको छ । र, नेपालको बारेमा उनकै भूमिका महत्वपूर्ण मानिन्छ । बाबुराम, राजेन्द्र महतोहरुसँग विवेकको राम्रो सम्बन्ध थियो । त्यहीअनुसार भूमिका खेल्ने नै भए । सोहीअनुरुप अहिले बाबुराम र महतोलाई सहमत गराएर वैकल्पिक शक्ति बनाउन प्रेरित गरेका छन् ।

उनको सुझाव हो, ‘उदार प्रजातान्त्रिक शक्तिका रुपमा अगाडि बढ्नुस् । त्यसपछि नेकपा र कांग्रेका मान्छेलाई तान्ने भूमिका खेल्नुस् ।’

यसरी बीचमा सुस्ताइरहेको मुद्दा प्रकट भएर दुई पक्ष मिलाउने काम अघि बढ्यो । यो कुरालाई महेन्द्र राय यादव र शरद्सिंह भण्डारीले साथ दिए । यी दुई पनि विवेक जोहरी निकटकै हुन् । तर, अनिल झा र राजकिशोर यादवलाई यिनले खासै महत्व दिँदैनन् । जोहरीसँग महन्थ ठाकुरको बाक्लो सम्बन्ध होइन । उनी सत्तारुढ भाजपाको मातृसंस्था आरएसएस निकटस्थ छन् । 

- यो समाचार जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण