२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज माओवादी केन्द्र निकट युवा संगठनको प्रथम राष्ट्रिय भेला, अध्यक्ष किरातीको प्रमुख आतिथ्यता

२०७६, २३ भाद्र सोमबार ०२:११

भदौ २३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को भातृ संगठन 'युवा कम्युनिष्ट लिग' (YCL) ले आज राजधानी काठमाडौंमा र्याली सहित प्रथम राष्ट्रिय भेलाको समुद्घाटन गर्ने तयारी गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यता तथा संगठनका नेता प्रकाश राई गौरवको अध्यक्षतामा उक्त भेला हुन लागेको हो । 

भेलाको उद्घाटन शत्र पहिले बिहान ११ बजे युवाको टिसर्ट (ड्रेस) सहितका युवाहरु तिलगंगा आँखा अस्पताल अगाडी जम्मा भएर एयरपोर्ट, कोटेश्वर, तिनकुने, शान्तिनगर हुँदै कार्यक्रम स्थलसम्म मोटरसाईकल र्याली समेत गर्ने तयारी गरिएको छ ।

भेलाको उद्घाटन शत्र बिहान १२ बजे गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा माओवादी केन्द्र र त्यसका भातृ संगठनहरुका नेताद्धारा शुभकामना दिइने कार्यसूचि रहेको छ । त्यस्तै उक्त कार्यक्रम पश्चात बन्द शत्र शुरु गरिने बताइएको छ ।

बन्द शत्रमा अध्यक्ष किरातीद्धारा एक प्रतिवेदन पेश गरिने छ । उक्त प्रतिवेदनमाथि आएका सुझाव तथा स्पष्टिकरण सहित त्यसलाई पारित गरिने र त्यसपछि युवा संगठनको नयाँ प्यानल प्रस्ताव तथा निर्वाचित कमिटीलाई सपथ लगायतको कार्यक्रम गरिने बताइएको छ । 

कार्यक्रममा देशभरबाट युवा संगठनका नेताहरु उपस्थित हुने छन् । युवा संगठनले पछिल्लो राजनीतिक घटनाक्रम र त्यसमा संगठनको धारणा तय गर्दै आगामी कार्यक्रमहरुबारे महत्वपूर्ण निर्णय समेत गर्ने छ । 

युवाको भेलामा पार्टी र सबै संगठनका नेता, कार्यकर्ताहरुलाई उपस्थित हुन सूचना जारी गरिएको छ भने समाचार संकलनका लागि सञ्चारमाध्यमहरुलाई समेत पार्टी सचिव राजन तिमल्सिनाले पत्र मार्फत अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण