२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज माओवादी केन्द्र निकट युवा संगठनको प्रथम राष्ट्रिय भेला, अध्यक्ष किरातीको प्रमुख आतिथ्यता

२३ भाद्र २०७६, सोमबार ०२:११

भदौ २३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को भातृ संगठन 'युवा कम्युनिष्ट लिग' (YCL) ले आज राजधानी काठमाडौंमा र्याली सहित प्रथम राष्ट्रिय भेलाको समुद्घाटन गर्ने तयारी गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यता तथा संगठनका नेता प्रकाश राई गौरवको अध्यक्षतामा उक्त भेला हुन लागेको हो । 

भेलाको उद्घाटन शत्र पहिले बिहान ११ बजे युवाको टिसर्ट (ड्रेस) सहितका युवाहरु तिलगंगा आँखा अस्पताल अगाडी जम्मा भएर एयरपोर्ट, कोटेश्वर, तिनकुने, शान्तिनगर हुँदै कार्यक्रम स्थलसम्म मोटरसाईकल र्याली समेत गर्ने तयारी गरिएको छ ।

भेलाको उद्घाटन शत्र बिहान १२ बजे गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा माओवादी केन्द्र र त्यसका भातृ संगठनहरुका नेताद्धारा शुभकामना दिइने कार्यसूचि रहेको छ । त्यस्तै उक्त कार्यक्रम पश्चात बन्द शत्र शुरु गरिने बताइएको छ ।

बन्द शत्रमा अध्यक्ष किरातीद्धारा एक प्रतिवेदन पेश गरिने छ । उक्त प्रतिवेदनमाथि आएका सुझाव तथा स्पष्टिकरण सहित त्यसलाई पारित गरिने र त्यसपछि युवा संगठनको नयाँ प्यानल प्रस्ताव तथा निर्वाचित कमिटीलाई सपथ लगायतको कार्यक्रम गरिने बताइएको छ । 

कार्यक्रममा देशभरबाट युवा संगठनका नेताहरु उपस्थित हुने छन् । युवा संगठनले पछिल्लो राजनीतिक घटनाक्रम र त्यसमा संगठनको धारणा तय गर्दै आगामी कार्यक्रमहरुबारे महत्वपूर्ण निर्णय समेत गर्ने छ । 

युवाको भेलामा पार्टी र सबै संगठनका नेता, कार्यकर्ताहरुलाई उपस्थित हुन सूचना जारी गरिएको छ भने समाचार संकलनका लागि सञ्चारमाध्यमहरुलाई समेत पार्टी सचिव राजन तिमल्सिनाले पत्र मार्फत अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा