२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

२०७६, ९ आश्विन बिहीबार ०२:२७

असोज ९, काठमाडौँ | महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।

हरेक वर्ष दशैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताउँदै भने– ‘बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं। यदि कसैले बढी भाडा लिएको प्रमाण फेला पारे तत्काल कारबाही गर्छौँ ।’

विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हुँदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ।

टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन।

प्रहरीले भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाउन शुरू गरिएको एसएसपी ढकालले जानकारी दिए । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण