२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपाले वार्ताका लागि अघि सार्यो चार सर्त: सरकार सशंकित

२०७६, ६ कार्तिक बुधबार ०३:०३

कात्तिक ६, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो । 

नेकपा महासचिव विप्लवद्वारा मिति उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा वार्ताका लागि सरकारले इमानदारिता देखाउनुपर्ने, प्रतिबन्ध हटाउनुपर्ने, आफ्ना गिरफ्तार नेताहरूलाई छाड्नुपर्ने तथा बिनासर्त वार्ता हुनुपर्ने उल्लेख छ । 

तर, सरकार भने विप्लवका सर्तप्रति सशंकित देखिएको छ । गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई छुटाउनका लागि मात्रै विप्लवले वार्ताका लागि सकारात्मक देखिएको संकेत गरेको तर सो शैलीबाट शक्ति सञ्चय गर्ने विप्लव रणनीति रहेको हुन सक्ने भन्दै सरकारले विप्लवका सर्तमाथि शंका गरेको हो । 

सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लवको विज्ञप्तिका विषयमा पार्टीभित्र औपचारिक छलफल नभए पनि विज्ञप्ति र वार्ताका लागि राखिएको सर्तका सन्दर्भमा सरकार सशंकित देखिएको बताए । 

- यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण