त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रका १३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा

Posted on: 23 Oct, 2019

कात्तिक ६, काठमाडौं | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको मुद्धामा ११ जना अध्यागमन अधिकृतसहित १३ जना रहेका छन् । 

आरोपित विमानस्थलका कर्मचारीहरुले विदेश पठाउने धन्दा चलाउनेहरुसंगको मिलिमतोमा अबैध प्रतिव्यक्ति १० हजार रुपैया लिएर विदेश प्रस्थान अनुमति दिएको ख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले मुद्दा दायर गरेको अध्यागमन अधिकृतहरूमा कमलप्रसाद पराजुली, मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं रहेका छन् । त्यस्तै कम्प्युटर अपरटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपाने पनि मुद्धामा मुछिएका छन् । 

अख्तियारले गरेको अनुसन्धान अनुसार अध्यागमन अधिकृतहरूको 'कल रेकर्ड' एवं खुल्न आएका तथ्यमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयका कर्मचारीहरूबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रूपमा प्रस्थान अनुमति दिदा अनियमितता गरी मिलेमतो भए/गरको पाइएकोसमेत अख्तियारले जनाएको बिहिबारको कान्तिपुर दैनिकमा समाचार छ । कर्मचारीहरुले २ सय ४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले हुन आउने कुल रकम बाडीचुडी खाएको आयोगले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!