२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

२०७६, १४ कार्तिक बिहीबार ०२:५६

कात्तिक १४, काठमाडौँ | जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर  कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् ।

बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्ति नै फरार भएपछि उनीहरु अहिले बिचल्लीमा छन् ।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन् । जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाको दरले पाँचवटा समूह बनाइन् । प्रतिमहिना सदस्यहरुले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले । जम्मा गरेको पाँच वर्ष पनि बित्यो । तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन् । छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन् । गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन् ।

बिस्तारै जसोधाले गाउँका सामान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्याजदरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् । 

- यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण