२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले

२०७६, २७ कार्तिक बुधबार ०३:२२

कात्तिक २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ ।

गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीबाटै लाग्न थालेको थियो ।

ओलीको लोकप्रियता ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालय सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको वरिपरि रहेनहरुमा ट्रेड युनियन नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली हुन् । 

- यो खबर आजको घटना र विचार राष्ट्रिय साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण