२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोख भाडामा दिँदा ज्योति परिवारलाई ठूलो धक्का

२०७६, २८ कार्तिक बिहीबार ०३:२४

कात्तिक २८, काठमाडौँ | नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो।

२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।

त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे। यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।

अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो। प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।

सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए। 

- यो समाचार आजको नेपाल समाचारपत्रमा   छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण