मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट

Posted on: 18 Dec, 2019

पुष २, काठमाडौँ | दैनिकमा मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको अन्नपूर्ण पोष्टमा समाचार छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । 

बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । 

संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरुको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरुले खेद व्यक्त गरेका छन् । 

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ । यसै क्रममा काठमाडौँ, चितवन, पोखरा, बुटवल, धनगढीलगागत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो । संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत गाडेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!