२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट फर्किने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत

२०७६, १५ पुष मंगलवार ०३:१६

पुष १५, काठमाडौँ | साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ ।

साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा दिन आनकानी गर्ने गरेका छन् । लामो समय काम गरेका नेपालीको सेवा सुविधा रकम धेरै हुने गरेको कारण रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने गरेका हुन् ।

‘लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीले विभिन्न बहानामा लामो सेवावापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौंको तलब नदिने, आकामा नवीकरण नगरिदिने लगायतका प्रवृत्तिहरु धेरै देखिएको छ,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘यस्ता समस्याका बारेमा चनाखो भई आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र सोको जानकारी दूतावासमा गराउन अनुरोध छ ।’

नेपालीको व्यवहार पनि कानुनविपरीतः

पछिल्लो समय साउदी अरबमा रोजगारीमा गएका नेपालीले केही हप्तामा नै कम्पनी नराम्रो भएको, तोकिएको सुविधा नपाएको, मेडिकल नगरेको, मेसको खाना राम्रो नभएको, बिरामी हुँदा कम्पनीले उपचार नगरेको कारण देखाई रोजगारदाता छोड्ने गरेका छन् । साउदीमा अकामा जारी वा नवीकरण नगरी वा कम्पनी छोडी भाग्ने (हुरुब) हरुका लागि नेपाली राजूतावासले स्वदेश फिर्तीको अभियानसमेत चलाएको छ ।

- यो खबर आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण