२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भाडामा बस्नेले विस्तृत विवरण दिनुपर्ने,के छ कारण

२०७६, १६ पुष बुधबार ०५:३३

पुस १६, काठमाडौं | सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो |

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने |

विवरणमा घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहित फोन नम्बर समेत भएको विस्तृत विवरण एवं घर छाडेको भए सोको समेत विवरण समेत नजिकको स्थानीय प्रहरी कार्यालयमा घरबेटीले दिनु पर्ने छ |

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घरमा भाडामा बस्नेहरुको विवरण अद्यावधिक गरी राख्नेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकिएको बताए |- यो समाचार आजको  राजधानी दैनिकमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण