२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरुङमार्गको युग सुरु: एउटा बन्दै, ६ वटाको अध्ययन सकियो

२०७६, २० पुष आईतवार ०१:१९

पुष २०, काठमाडौँ | मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।

त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ । जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन ।

समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ । 

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । 

त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण