२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी र मलेसियाको रोजगार भिसा लिएका तर श्रमस्वीकृति नपाएकालाई पर्यटक भिसामा जान दिने कि नदिने ?

२०७६, २० पुष आईतवार ०३:२४

पुष २०, काठमाडौं | एउटा मुलुकको रोजगार भिसा अवधि कायम रहेको तर श्रमस्वीकृति नलिएको व्यक्तिलाई भिजिट भिसामा प्रस्थान अनुमति दिने कि नदिने भन्ने विषयमा अध्यागमन विभागले एकै दिन फरक–फरक परिपत्र गरको भेटिएको छ ।

गत कात्तिक २६ गते गृह मन्त्रालयले गरेको मन्त्रीस्तरीय निर्णयलाई थप प्रस्ट पार्ने भन्दै विभागले पुस ७ मा गरको परिपत्रमा गृहले आपत्ति जनाएपछि अघिल्लो परिपत्रलाई उल्टाइएको हो । चलानी नम्बर ६४९ को पत्रमा विभागले विमानस्थल अध्यागमनका नाममा पहिलो परिपत्र गरको थियो। विभागका महानिर्देशक ईश्वरराज पौडेलको हस्ताक्षर रहेको परिपत्रमा खाडीका ६ देश र मलेसियाको रोजगार भिसा प्राप्त गरको तर श्रमस्वीकृति नपाएको व्यक्ति ती मुलुकमा पर्यटक भिसामा जान खोजे अनुमति नदिने व्यहोरा थियो । उक्त परिपत्रमा गृहसचिव प्रेमकुमार राईले आपत्ति जनाएपछि महानिर्देशक पौडेलले अघिल्लो पत्रको निर्देशन उल्टाउने गरी सोही दिन दोस्रो पत्र काटेका हुन् । चलानी नम्बर ६५१ रहेको दोस्रो पत्रमा ‘निर्णय कार्यान्वयन नगर्ने सम्बन्धमा’ भन्ने विषय राखिएको छ । दोस्रो पत्रमा एउटा मुलुकको म्यादसहितको रोजगार भिसावाहकले श्रमस्वीकृति नलिएको अवस्थामा सोही मुलुक वा अन्य मुलुकमा भिजिट भिसामा जान दिने सम्बन्धमा अन्योल भएको उल्लेख छ । दोस्रो पत्रमा लेखिएको छ, ‘यो विषय हाल गृह मन्त्रालयसमेत पठाई छलफलकै क्रममा रहेको हुँदा हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न अनुरोध छ ।’

आफैले दिएको निर्देशन उल्ट्याउनुपर्ने अवस्थामा उनी किन पुगे त ? स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णय उल्टाएको भन्दै अध्यागमनकै कर्मचारीले गृहसचिव राईलाई ब्रिफिङ गरपछि राईले उक्त कुरा गृहमन्त्री रामबहादुर थापासमक्ष पुर्याएका थिए । त्यसलगत्तै गृहकै निर्देशनमा महानिर्देशक पौडेललाई परिपत्र उल्टाउन निर्देशन दिइएको थियो। श्रम विभाग स्रोतका अनुसार व्यक्तिगत पहलमा श्रमस्वीकृति लिने अनि सोही मुलुकमा रोजगार भिसामा पठाउने सेटिङमा अध्यागमनकै केही कर्मचारीको संलग्नता देखिन्छ । महानिर्देशकको परिपत्रले त्यस्तो सेटिङ कमजोर हुने भएपछि केही कर्मचारीले त्यसविरुद्ध गृहसचिवलाई गुहारका थिए ।

पुस ३ मा पनि दुबईको पर्यटक भिसा देखाएर कतार पुग्न खोजेका ९ नेपालीलाई विमानस्थल अध्यागमनको सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरका थिए । ती नौ जनासँग कतारको रोजगार भिसा थियो तर उनीहरूले श्रमस्वीकृति नलिईकन पर्यटक भिसामा कुवेत हुँदै दुबई पुग्ने र त्यहाबाट कतार जाने योजना बनाएका थिए । अध्यागमन कक्ष पार गरेका नौ जनाको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको खानतलासी गरेको थियो। सोही क्रममा उनीहरूको साथबाट कतारको कामदार भिसा र अन्य कागजात फेला परेको थियो । – आजको कान्तिपुर दैनिकमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण