२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी पास गराउन कूटनीतिक पहल,अमेरिकी राजदूत भेट्न थाले नेतालाई

२६ माघ २०७६, आईतवार ०५:१०

माघ २६, काठमाडौँ | सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले अहिले राखिएका प्रावधान संशोधन नभई पास नहुने बताएपछि अमेरिकाले कूटनीतिक पहल थालेको हो।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरे । यता अमेरिकी राजदूतको भेटघाट बढिरहेका वेला एमसिसीका डेपुटी प्रमुख जोनाथन ब्रुक्स पनि नियमित परामर्शका लागि भन्दै नेपाल आएका छन्।

यसअघि माघ ३ गते अमेरिकी दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदासमेत सार्वजनिक गरेको थियो जसमा एमसिसी परियोजनामा कुनै सैन्य मामिला नजोडिएको स्पष्ट पारिएको थियो। त्यसपछि नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

‘सत्तारूढ दलभित्र व्यापक विरोध भएकाले त्यसबारे स्पष्ट पार्ने र कूटनीतिक लबिङ सुरु भएको देखिन्छ,’ नेकपाका एक नेताले नागरिकसँग भने। उनका अनुसार विदेश विभाग प्रमुख नेपालनिकट भीम रावलले बढी नै विरोध गरेका कारण राजदूतले नेपालसँग भेटघाट गरेका हुन्।

दूतावासले कूटनीतिक पहल गरिरहेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफू एमसिसीको पक्षमा रहेको बताए पनि अहिलेका सर्तमा केही संशोधन हुने संकेत गरेका छन्। उनले एमसिसीमा रहेका केही अस्पष्ट विषयलाई प्रस्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन्। उनले पोखरा र काठमाडौंमा भएका छुट्टाछुट्टै कार्यक्रममा नेपाल–अमेरिका दुवै पक्षबाट एमसिसीबारे प्रस्ट पारिनुपर्ने केही विषय रहेको बताए।

अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले एमसिसीमार्फत अनुदान दिन लागिएको अर्बौं रकम नेपालका लागि अवसर भएको स्पष्ट पारे।-यो समाचार आजको नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै