२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्ने बेलामा आमालाई हात ह्ल्लाउँदै गरेको ह्रदय विदारक तस्बिर

२६ माघ २०७६, आईतवार ०५:२७

माघ २६, काठमाडौँ | हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे । नभेष काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।


समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पु(याउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे।

प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।

बालकले नभेषको मन छोइसकेको थियो। ‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो,’ उनले भने, ‘तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’

बालकको मृत्युको खबर उनले रोयर्टसलाई पनि दिए। जीवित छँदा बालकलाई सहयोग पुर्याउन नसकेपछि अब उनको मृत्युपछि फोटो कथा छाप्नुको औचित्य नरहेको उनीहरुको बुझाइ रह्यो। यही बीचमा पनि नभेष फूलकुमारीको परिवारसँग सम्पर्कमा थिए ।

परिवारमा अन्य दुई सदस्यको जिम्मेबारी पनि फूलकुमारीको काँधमा थियो। बालकलाई जोगाउन नसके पनि परिवारको दुःखमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचमा नभेष थिए। यत्तिकैमा फोटो पत्रकारको संगठन पिजे क्लबको फोटो प्रतियोगिता सुरु भयो। उनले सोचे– यसमै यो बालकको कथा राख्नेछु। तस्बिरले केही जिते त्यही बालकको परिवारलाई दिने सोचका साथ उनी प्रतियोगितामा सामेल भए।

नभन्दै यही तस्बिरले नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि जित्यो। शुक्रबार राजधानीमा आयोजित विजेता घोषणा कार्यक्रममा फोटो पत्रकार नभेषको फोटो फोटो अफ दी इयर ०७६ घोषित भयो।-यो समाचार आजको नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै