२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुनाको मृत्यु र मृत्युको मनोविज्ञान

८ फाल्गुन २०७६, बिहीबार ०४:४३

फागुन ८, काठमाडौँ | डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ ।

गम्भीर प्रश्न छ- कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हानेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लास्टिकको पिर्काले हान्दा ज्यान जान्छ कि जाँदैन ? प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, रक्तमुछेल हुनु टाढाको कुरा । अनि २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डोरीले कसेर लडाउन र एक्लै घाँटी थिचेर मार्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मारिन लागेको मान्छेले चूपचाप घाँटी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चित्कार वा हारगुहार गरिएको हुनुपर्छ । त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ? यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भोकल कर्ड (घाँटीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ ।

तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अकोए पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृतक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ । कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिती के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदार मात्र सीमित थिएनन् , उनकी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।-यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै