२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिन जाने भिसा लिन नेपालीले तेब्बर शुल्क तिर्नुपर्ने, कति लाग्छ अबको शुल्क ?

२०७६, १३ फाल्गुन मंगलवार ०२:४९

फागुन १३, काठमाडौं | नेपालमा चिनिया भिसा आवेदन केन्द्र खुलेपछी चिनको भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनिया भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने हुन्छ । 

अब चिनको लागि नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त्यस्तै, एक्सप्रेस–२ भिसाका लागि ४ हजार ९ सय र सेवा शुल्क ५ हजार ८ सय ५० बुझाउनुपर्ने हुन्छ । एक्सप्रेस–१ भिसाका लागि ६ हजार २ सय र सेवा शुल्क ७ हजार ८ सय तिर्नुपर्ने हुन्छ । 

त्यस्तै नियमिततर्फ चार दिन, एक्सप्रेस–२ तर्फ तीन दिन र एक्सप्रेस–१ तर्फ दुई दिनमा भिसा पाउन सकिने भएको छ । यसअघि एक नेपालीले एकल प्रवेशमा चिनिया भिसाका लागि आवेदन दिदा नियमिततर्फ २ हजार २ सय रुपैया, एक्सप्रेस–२ तर्फ ४ हजार ९ सय र एक्सप्रेस–१ तर्फ ६ हजार २ सय नेपाली रुपैया बुझाए पुग्थ्यो । त्यसैगरी, दुई पटक प्रवेश, आधा वर्षको अवधिमा धेरैपटक प्रवेश, एक वर्षको अवधिमा धेर पटक प्रवेश र समूहगत प्रवेशका लागि भने सेवा शुल्क मात्र थप गरिएको छ ।

दुई देशका नागरिकको आवतजावत बढ्न थालेको भन्दै चीनले काठमाडौंस्थित कमलादीमा सोमबारबाट सञ्चालनमा आउने गरी चिनिया भिसा आवेदन केन्द्र सुरु गरको हो। केन्द्रको नेपालका लागि चिनिया राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरका हुन् ।

यसअघि ४५ देशका ९१ स्थानमा चिनिया भिसा आवेदन केन्द्र खुलिसकेका छन् ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण