२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट कति आए, कहाँ गए, कुनै अनुगमन छैन !

२०७६, २० फाल्गुन मंगलवार ०३:१५

फागुन २०, काठमाडौँ | नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्याङ्क नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेको नागरिक दैनिकमा समाचार छ । 

तथ्याङ्क नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो नहुने समस्या देखिएकाले नियमन गर्न सुझाएका छन् । सरकारका पूर्वसचिव, विभिन्न निकायका प्रमुख सम्बद्ध २५ भन्दा बढी समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनको आगमन’ विषयमा सोमबार काठमाडौँमा भएको छलफलमा भारतबाट जथाभावी सवारीसाधन भित्रिनाले अराजकता बढ्दै गएको चिन्ता व्यक्त गरे । 

भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिनेहरु कहाँ जान्छन्, कति दिन बस्ने, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्याङ्क नभएको र यसले भविष्यमा ठूलो समस्या हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए । ‘कति आए, कहाँ गए, कुनै अनुगमन छैन । आउने बेला ठाउँठाउँमा तथ्याङ्क राखिनुपर्छ,’ उनले भने, ‘नेपालबाट भारत जाने सवारीसाधनले कति यात्रु लगेको छ कुनै अनुगमन छैन । सुरक्षाको दृष्टिकोणले हेर्नुपर्छ ।’ ‘नेपाल आउने हरेक विदेशीको परिचय के हो ? रेकर्ड तत्कालदेखि राख्न जरुरी छ,’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण