२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक रोजगारको श्रमस्वीकृति लिएकालाई नेपालमै मृत्यु भएपनि क्षेतीपूर्ति

२०७६, २३ फाल्गुन शुक्रबार ०३:४७

फागुन २३, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई पनि क्षतिपूर्ति दिने निर्णय गरको छ । यसअघि वैदेशिक रोजगार वोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित परिवारलाई मात्रै क्षतिपूर्ति दिने गरको थियो।

बोर्डका अध्यक्ष समेत रहेका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बसेको बोर्डको बैठकले आर्थिक सहयोग गर्ने बाटो खोलिदिएको हो । यो निर्णयले तत्काल दुई सय एक जना मृतक कामदारका परिवारले राहत रकम पाउने भएका छन्। बोर्डले उनीहरूलाई जनही सात लाख आर्थिक सहयोग गर्नेछ । 

बोर्डमा नेपालमा मृत्यु भएका २ सय ३४ जना मृतक कामदारका परिवारले क्षतिपूर्ति दाबी गर्दै निवेदन दिएका थिए । जसमा नेपालमा उपचारका क्रममा मृत्यु भएका ५२ जना, दुर्घटनामा ५३ जना, आत्महत्याका कारण १२ जना, प्राकृतिक कारणले मृत्यु भएका १६ जना, कारण नखुलेका १२ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएको एक वर्षभित्र मृत्यु भएका २१ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएका ५ जना र विदेश नगई मृत्यु भएका सहित २ सय ३४ जनाको परिवारले बोर्डमा निवेदन दिएका थिए । त्यसमा छानबिन गरी २ सय १ जनालाई क्षतिपूर्ति दिने निर्णय भएको हो । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण