२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० कामदारलाई कतार एयरवेजले बोर्डिङ पास नै दिएन

२७ फाल्गुन २०७६, मंगलवार ०५:४३

फागुन २७, काठमाडौँ | विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरुपमा प्रतिबन्ध लगाएको हो |

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए |

‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाइई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो,’ उनले भने । सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ |

हरेक दिन ३ वटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले लगाएको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ |-यो समाचार आजको नेपाल समाचार पत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै