२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रित्तै कतार उड्यो, नेपाली लिएर फर्कियो

२८ फाल्गुन २०७६, बुधबार ०२:२०

फागुन २८, काठमाडौँ | नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै जहाज रित्तै उड्नु परेको हो।

त्रिभुवन विमानस्थलका अनुसार कतारमा नेपाल एयरलाइन्सको विमान रित्तै गएर नेपाली ल्याएको थियो। ‘जाँदा रित्तै गयो, आउँदा नेपाली लिएर आयो।’ –विमानस्थलमा खटिएका एक कर्मचारीले भने। 


विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत यात्रु घटेका छन्।

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान निकै नै प्रभावित भएको बताए । ‘कोरोनाका कारण यात्रु झन्डै आधा घटेका छन्।’ –उनले भने।

- आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै