२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले १ सय ५० नेपालीलाई भीडभाडमा गएको भन्दै पक्राउ गरेर नेपाल पठायो

२०७६, ७ चैत्र शुक्रबार ०७:४०

चैत ७, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसको त्रास यतिबेला जताततै छ | उक्त भाइरसबाट बच्न सरकारले आफ्ना नागरिकलाई भीडभाडमा नजान भनेको छ | त्यस्तै धेरै मानिस भेला हुने पार्टी,भोजभतेर लगायतका कार्यहरु समेत बन्द गरेको छ | 

सोहिक्रममा कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ | उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् | 

कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए। कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो |

तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घेरा हालेर पक्राउ गरेको बताए | ‘हामी क्याम्पपछाडि भलिबल खेलिरहेका थियौं, हामी र मार्केटमा आएकालाई एकै ठाउँ भेला गरी प्रहरीले पक्राउ गर्‍यो,’ उनले भने, ‘झन्डै ७ सय थिए होलान्, हातमा बोकेका सामान फाल्न लगाएर पुलिसले सबैलाई गाडीमा हाल्यो र जेलमा लग्यो।’

उनी पाँच वर्षदेखि न्यु हेजन कम्पनीमा ड्राइभर थिए। ‘आखिर हामीलाई भाइरसको परीक्षण पनि गरिएन, हामीसँग स्वास्थ्य रिपोर्ट छैन,’ गत फेब्रुअरी १४ तारिखमा बिदा मनाएर कतार पुगेका उनले भने, ‘हामीलाई केही दिन जेलमा राखेर सिधै विमानस्थल ल्याई प्लेन चढाएर पठाइदिए।’

एउटै जहाजमा आएका गुल्मीका देवीबहादुर केसीले श्रीमतीलाई पैसा पठाएर गाडी स्टार्ट गर्ने बेला प्रहरीले समातेको बताए । ‘मैले पैसा पठाउन आएको भन्दै रसिद पनि देखाएँ, उनीहरूले सुनेनन्, सबैलाई उठाएर बसमा हाले,’ १७ वर्षदेखि कतारमा कार्यरत उनले भने, ‘चेतावनी पनि नदिई पठाइयो।’ उनले कम्पनीबाट १७ वर्षको बोनस नपाएको बताए। ‘यो कुरा हाम्रो दूतावासलाई थाहा छ कि छैन होला ?’ उनले भने, ‘यत्रा मान्छे पक्राउ हुँदा पनि दूतावासले केही गरेन। चित्त दुखेको छ। बोनसका लागि काठमाडौंस्थित कतारी दूतावासमा गएर निवेदन दिने योजना बनाएको छु।-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण