२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले १ सय ५० नेपालीलाई भीडभाडमा गएको भन्दै पक्राउ गरेर नेपाल पठायो

७ चैत्र २०७६, शुक्रबार ०७:४०

चैत ७, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसको त्रास यतिबेला जताततै छ | उक्त भाइरसबाट बच्न सरकारले आफ्ना नागरिकलाई भीडभाडमा नजान भनेको छ | त्यस्तै धेरै मानिस भेला हुने पार्टी,भोजभतेर लगायतका कार्यहरु समेत बन्द गरेको छ | 

सोहिक्रममा कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ | उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् | 

कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए। कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो |

तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घेरा हालेर पक्राउ गरेको बताए | ‘हामी क्याम्पपछाडि भलिबल खेलिरहेका थियौं, हामी र मार्केटमा आएकालाई एकै ठाउँ भेला गरी प्रहरीले पक्राउ गर्‍यो,’ उनले भने, ‘झन्डै ७ सय थिए होलान्, हातमा बोकेका सामान फाल्न लगाएर पुलिसले सबैलाई गाडीमा हाल्यो र जेलमा लग्यो।’

उनी पाँच वर्षदेखि न्यु हेजन कम्पनीमा ड्राइभर थिए। ‘आखिर हामीलाई भाइरसको परीक्षण पनि गरिएन, हामीसँग स्वास्थ्य रिपोर्ट छैन,’ गत फेब्रुअरी १४ तारिखमा बिदा मनाएर कतार पुगेका उनले भने, ‘हामीलाई केही दिन जेलमा राखेर सिधै विमानस्थल ल्याई प्लेन चढाएर पठाइदिए।’

एउटै जहाजमा आएका गुल्मीका देवीबहादुर केसीले श्रीमतीलाई पैसा पठाएर गाडी स्टार्ट गर्ने बेला प्रहरीले समातेको बताए । ‘मैले पैसा पठाउन आएको भन्दै रसिद पनि देखाएँ, उनीहरूले सुनेनन्, सबैलाई उठाएर बसमा हाले,’ १७ वर्षदेखि कतारमा कार्यरत उनले भने, ‘चेतावनी पनि नदिई पठाइयो।’ उनले कम्पनीबाट १७ वर्षको बोनस नपाएको बताए। ‘यो कुरा हाम्रो दूतावासलाई थाहा छ कि छैन होला ?’ उनले भने, ‘यत्रा मान्छे पक्राउ हुँदा पनि दूतावासले केही गरेन। चित्त दुखेको छ। बोनसका लागि काठमाडौंस्थित कतारी दूतावासमा गएर निवेदन दिने योजना बनाएको छु।-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै