२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटनजिक नेकपा

२१ असार २०७७, आईतवार ०१:१४

असार २१, काठमाडौं | दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको भन्दै त्यो सम्भव नरहेको समेत स्पष्ट पारेका छन् । ‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले बैठकमा सहभागी मन्त्री तथा राज्यमन्त्री सबैका कुरा सुन्दा धेरै समय जाने भन्दै दुई÷तीनमा पुनः अर्को बैठक बोलाउने र त्यसमा आउँदा प्रधानमन्त्रीको पक्षमा कि विपक्षमा हो स्पष्ट भएर आउन समेत भनेका छन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ, तपाईहरु कसको पक्षमा हुने हो, कि प्रधानमन्त्रीको विपक्षमा जाने हो ? दुई÷तीन दिनमा फेरि बोलाउँछु, तपाईहरुलाई यही सूचना भयो, फेरि आउँदा पोजिसन क्लियर गरेर आउनुहोला ।’ प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्रीले अर्को बैठकमा कित्ता क्लिअर गरेर आउनु भनेपछि उर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको भन्दै पार्टीबाटै सबै कुराको निकाश निकाल्न आग्रह गरेका छन् । उनले बाहिर बजारमा आएका हल्लाका आधारमा भन्दा पनि पार्टी कमिटीमा छलफल गरेर समस्याको हल गर्न समेत प्रधानमन्त्रीलाई सुझाएका छन् । 

- यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै