2026-08-31 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

असार ३०, चितवन | कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् । 

अण्डाका बिक्री राम्रै छ । चल्लाको उत्पादन र खपत सुरु भएको छ ।

अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन, दानाको कच्चा पदार्थको अभावसँगै मूल्यमा वृद्धि र ढुवानीको समस्याले पिरोलियो । उत्पादन एक ठाउँबाट अर्को ठाउँमा लैजानसक्ने वातावरण बनेन । समस्या र अभाव झेल्न नसकेका कारण किसानले माउ कुखुरासमेत बिक्री गरे । त्यही कारण यतिबेला उत्पादनमा कमी आएको छ ।

पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भन्ने भयो । त्यसपछि अण्डा र मासुको खपतमा केही सुधार सुरु भएको विषयमा उनले थपे, “केही समययता मासु र अण्डाको माग बढ्न थालेको छ तर हामीसँग पर्याप्त उत्पादन हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा मूल्य केही बढ्नु स्वाभाविक हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ता अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार