2026-10-22 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

असार ३०, चितवन | कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् । 

अण्डाका बिक्री राम्रै छ । चल्लाको उत्पादन र खपत सुरु भएको छ ।

अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन, दानाको कच्चा पदार्थको अभावसँगै मूल्यमा वृद्धि र ढुवानीको समस्याले पिरोलियो । उत्पादन एक ठाउँबाट अर्को ठाउँमा लैजानसक्ने वातावरण बनेन । समस्या र अभाव झेल्न नसकेका कारण किसानले माउ कुखुरासमेत बिक्री गरे । त्यही कारण यतिबेला उत्पादनमा कमी आएको छ ।

पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भन्ने भयो । त्यसपछि अण्डा र मासुको खपतमा केही सुधार सुरु भएको विषयमा उनले थपे, “केही समययता मासु र अण्डाको माग बढ्न थालेको छ तर हामीसँग पर्याप्त उत्पादन हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा मूल्य केही बढ्नु स्वाभाविक हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ता अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ