२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको छैन

२०७७, ३ श्रावण शनिबार ०२:०२

साउन ३, काठमाडौं। काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताए । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भने ।

उनले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताए । 

उनले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताए । उनले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ