२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैङ्कमा कार्यरत कर्मचारी सङ्क्रमित भए बैङ्कले नै उपचार गर्नुपर्ने

२०७७, ३१ श्रावण शनिबार ००:४७

साउन ३१,काठमाडौँ | बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क, व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीबाट स्वीकृत भएको ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ लाई परिमार्जन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको हो । 

बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण संस्थाकै खर्चमा गर्न सर्कुलरमार्फत निर्देशन दिएको छ । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेलबासेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण