२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैङ्कमा कार्यरत कर्मचारी सङ्क्रमित भए बैङ्कले नै उपचार गर्नुपर्ने

३१ श्रावण २०७७, शनिबार ००:४७

साउन ३१,काठमाडौँ | बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क, व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीबाट स्वीकृत भएको ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ लाई परिमार्जन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको हो । 

बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण संस्थाकै खर्चमा गर्न सर्कुलरमार्फत निर्देशन दिएको छ । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेलबासेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै