१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पानी लिन जाँदा भाग्यले बाँचें’

३१ श्रावण २०७७, शनिबार ०१:३२

साउन ३१, सिन्धुपाल्चोक | जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन् ।

‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पुर्यो ’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी लिन गएकाले बाँचें ।’

लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।

‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासि आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँसु पार्दै भनिन् ।

बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए ।

- यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो