२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

र’ प्रमुख नेपाल आउनुको रहस्य

१९ कार्तिक २०७७, बुधबार ०४:३१

कार्तिक १९, काठमाडौँ | प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपु¥यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’

माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गरे । ‘र’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भने, ‘तपाईंले यो ठीक गर्नुभएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन । हिजो जसरी  आफूलाई मेन्टेन गरिरहनुभएको थियो, जुन इमेज बनाइरहनुभएको थियो, सोच्नुभएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो ? मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन् ? बुझ्नुभएको छ ?’ माधवले भने, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नुभयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नुहुन्छ ?’

माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने ? मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नुभएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीँ पनि पुग्दैन ।’

प्रधानमन्त्रीले ‘र’ प्रमुखसँगको भेटबारे स्पष्ट पारे, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘र’ का प्रमुख पो रहेछन् ।’ यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भने, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्नेजस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ ।’

ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताए । ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गरे ।

-आजको जनआस्था साप्ताहिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै