२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वालालम्पुरमा फास्ट फुड बेच्न थाले मालिन्दोका पाइलट

२७ कार्तिक २०७७, बिहीबार ०६:५६

 कार्तिक २७, काठमाडौं । क्‍वालालम्पुर— प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् । दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर्या र काम फेरिएको छ ।


अचेल भने पाइलट एज्रिनले राजधानी क्वालालम्पुरको छेउमा एउटा सानो फास्ट फुड स्टल सञ्चालन गरेका छन् । ४४ वर्षीय एज्रिन कोरोना महामारीका कारण वायु सेवा कम्पनीले उडान बन्द गरेपछि कामविहीन हुने हजारौं कर्मचारीमध्ये एक हुन् ।

‘पहिलेको कम्पनीले मलाई कामबाट हटाएकाले मैले केही कमाउनै पर्छ,’ यसअघि मालिन्दो एयरमा कार्यरत उनले भने । मालिन्दो एयरले कोरोना महामारीका कारण उडान संख्यामा कटौती गर्दै सयौं कर्मचारी निकालेको छ । नियमित रुपमा आम्दानी नहुने भएपछि चार सन्तानका बुवा एज्रिनले सानो खाजा घर खोल्ने निर्णय गरेका हुन् । उनको स्टलमा विशेषगरी मलेसियाली परिकारहरु पाइन्छ । करी नुडल, लाक्सा (पिरो सुपसहितको चाउचाउ) र रोजाक (विभिन्न फलफूल मिसाएर बनाइने परिकार) उनको स्टलमा पाइन्छ ।

पाइलटको पोसाकसहित स्टलमा बसेको एज्रिनको फोटो उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी अहिले निकै लोकप्रिय भइरहेका छन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘क्याप्टेन कर्नर’ नाम दिइएको उनको स्टलमा पछिल्लो समय ग्राहकको भीड लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण विश्वभर लाखौं व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । केहीले भने पाइलट एज्रिनले झैं वैकल्पिक उपाय खोजिरहेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सको यो सामग्री कान्तिपुर दैनिकले अनुवाद गरी प्रकाशित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै