साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

तारा एयरको जहाज दुर्घटना, मौसम र पाइलट दोषी

२०७३, १७ श्रावण सोमबार ०२:३६

साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो । घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष (चालक दल)को मुख्य कमजोरी देखिएकोे छ । उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन । 

दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान यसअघि गरिएको थियो । प्रतिवेदनमा पाइलटले बल जफतरूपमा बादलमा जहाज प्रवेश गराएको उल्लेख छ ।

विमानलाई जोमसोमतर्फ अगाडि बढाउने गरी ल्यान्ड स्लाइड भन्ने विन्दुमा पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलाता नबुझी लेटे भन्ने विन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा ठोकिन पुगेको प्रतिवेदनले औंल्याएको छ ।

पोखराबाट जोमसम जाने क्रममा विमान उडान हुँदा भिजिविलिटी ५ हजार मिटर थियो । सोही समयमा विमानस्थलमा पनि ५ हजारभन्दा बढी भिजिविलिटी रहेको विमानस्थल कार्यालयले पोखरा विमानस्थललाई जानकारी गराएको थियो ।

सामान्यतः भीएफआर विमानका लागि ५ हजार भिजिविलिटीमा उडान अवतरण गर्ने अनुमति दिइन्छ । अन्य ठूला जहाजको हकमा भने थोरैमा पनि ११ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ । जुन ट्रक रुटहरू हुनुपर्ने हुन्छ ।

प्रतिवेदनमा पोखरामा रहेको मौसम विभाग मातहतको निकायले जहाज उड्नका लागी दिएको भिजिविलिटी रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक (एटीसी)ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ । - कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण