साउन १७, काठमाडौँ | युवतीको विषयलार्इ लिएर क्षेत्रपाटीमा भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षेत्रप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौँ | युवतीको विषयलार्इ लिएर क्षेत्रपाटीमा भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षेत्रप"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

प्रेमिकाको विषयलार्इ लिएर ‘ग्याङ फाइट’, एकको मृत्यु

२०७३, १७ श्रावण सोमबार ०२:४४

साउन १७, काठमाडौँ | युवतीको विषयलार्इ लिएर क्षेत्रपाटीमा भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षेत्रपाटीकै सुशान्त श्रेष्ठ छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। अन्य आठजना भने फरार छन्।  महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रेमिकालाई अर्को युवक सरोज श्रेष्ठसँग देखेपछि सुशान्तले साउन ८ गते क्षेत्रपाटीमा ग्याङफाइटका लागि सरोजलाई बोलाएका थिए।  

क्षेत्रपाटीमा दुबै पक्षबीच भिडन्त भएपछि सुशान्त पक्षका केटाहरु भागेका थिए। सुशान्तलाई सरोज पक्षका केटाहरुले मरणासन्न हुने गरी कुटेर भागेका थिए।

स्थानीयले सुशान्तलाई टेकुस्थित काठमाडौं अस्पतालमा उपचारका लागि पुर्याएका थिए। सुशान्तको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा सरोज पक्षका साहस थापा, सौरभ श्रेष्ठ, साहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी लगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। -  अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण