२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई ओलीको चुनौती ‘अध्यक्ष पद छोड्नुपर्छ’

२०७७, ५ मंसिर शुक्रबार ०२:२८

मङ्सिर ५, काठमाडौं | सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । 

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् । 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता आंैल्याएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ