२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार रोजगारीमा सिन्डिकेट भएको पाइएन: कार्यदल

२०७७, १ पुष बुधबार ०२:११

पुस १, काठमाडौँ | कतार रोजगारीमा सिन्डिकेट भए वा नभएको अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल नेतृत्वको पाँच सदस्यीय समितिले उक्त  विषयमा  अध्ययन  गरेको  अध्ययन प्रतिवेदन श्रममन्त्री रामेश्वरराय यादवसमक्ष यही आइतबार बुझाएको जनाइएको छ ।

प्रतिवेदन मन्त्री यादवले अध्ययन गरिरहेको छ र अध्ययन गरेपछि उक्त प्रतिवेदन व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पठाइने मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक दाहालले कतार ‘सिन्डिकेट’बारे सत्यतथ्य अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन मन्त्रीसमक्ष पेस  गरिसकेको जानकारी दिए । उनले प्रतिवेदनमा कतार ‘सिन्डिकेट’को विषय मात्र नभएर कतारको रोजगारीका लागि अहिलेसम्म भएका दुई देशबीच भएका सम्झौता, नीतिगत व्यवस्था र ती व्यवस्थाको उल्लङ्घन गर्ने केही वैदेशिक रोजगार व्यवसायी  (म्यानपावर)  कम्पनीको पछिल्लो घटना क्रमसमेत समावेश गरिएको जानकारी दिए ।

महानिर्देशक दाहालले भने, “समितिले दुई सातासम्म कतारको विषयमा अध्ययन गर्ने क्रममा कानुनी अस्पष्टता भएको देखिँदैन दुई देशनै स्पष्ट भएको देखिन्छ, तर पनि नीतिगत कुरालाई केही कम्पनीले उल्लङ्घन गर्न खोजेको देखिएको छ ।” कतार रोजगारीमा पठाउन १६ म्यानपावर व्यवसायीले सिन्डिकेट गरेको भन्ने हल्ला साँचो वा झुटो हो भन्ने सवालमा समितिले दुई हप्ताको अवधिभित्र विभिन्न म्यानपावर व्यवसायीसँग सोधपुछ गरेको तर बाहिर हल्ला भएजस्तो  सिन्डिकेट भएको भन्ने प्रमाणित गर्ने नभेटिएको महानिर्देशक दाहालले जानकारी दिए ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ