२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलका कर्मचारीको मिलिमतो: भिसाबिनै ७ नेपाली हङकङ पुगे

२०७७, २ पुष बिहीबार ०२:४५

पुस २, काठमाडौँ | लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरक-फरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर (१ लाख ५१ हजार) का दरले करिब साढे १० लाख रुपैया जरिवाना तिराउने उल्लेख गरको छ । स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए ।


निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउदा नियम कडाइका साथ पालना गरेर मात्रै पठाउन भनेको छ । 

निगमका एक अधिकारीका अनुसार, बिनाभिसा नेपालबाट जानेहरुमा ३ पुरुष र ४ महिला छन् । उनीहरू सबै अहिले हङकङमै छन् । 'भिसा नभएका यात्रुलाई कुनै पनि वायुसेवाले बोर्डिङ पास नै जारी गर्न मिल्दैन' स्रोतले भन्यो । 'यसमा ती

यात्रुलाई बोर्डिङ पास दिलाउने निगमका कर्मचारी र त्यस दिन विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्टमा छाप लगाउने कर्मचारीहरूको मिलेमतो देखिन्छ ।' 

- यो समाचार आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला