२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट आएका एक नेपालीका कारण ५४ जनालाई क्वारेन्टाइन पठाइयो

२०७७, १६ पुष बिहीबार ०२:४०

पुस १६, काठमाडौँ | मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।

जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ‘रिपोर्ट जाँच गर्ने क्रममा एक जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने, ‘जहाजबाट आएका यात्रुलाई पोजिटिभ देखिनेबित्तिकै हल्लीखल्ली भयो । त्यो जहाजबाट आएका यात्रुलाई छुट्टै राखेर व्यवस्थापनतिर लाग्यौं ।’

विमानमा आएका १ सय ४५ मध्ये ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई घरमा आइसोलेसन बस्नलाई पठाइएको विमानस्थल स्रोतले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द