२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १४ देखि कोरोना खोप लगाइने, पहिलो चरणमा को-कोले लगाउन पाउछन् ?

१० माघ २०७७, शनिबार ०४:०३

माघ १०, काठमाडौँ | भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।  

भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले शुक्रबार नागरिकसित भने।  

खोप आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गरेका थिए। अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नेपालमा पठाइएको हो।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा. श्यामराज उप्रेतीले बताए।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाका अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्पतालहरूमा वितरण गरिनेछ। साना जिल्लाहरूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहरको हकमा तीनदेखि पाँच वटासम्म खोप केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबारदेखि सबैतिर पठाउँछौं,’ डा. ढुंगानाले भने।  

खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ। 

- यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै