२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवलाई फकाउने प्रम ओलीको रणनीति !

२०७७, १८ माघ आईतवार ०२:१९

माघ १८, काठमाडौँ | सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुनसकेको छैन ।

तर, चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । विश्वस्त उच्च सरकारी सुत्रका अनुसार चन्द समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

चन्दसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले चुनावमा दाहाल–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको औँल्याए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो