२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना छ कि छैन ?

२०७७, १ फाल्गुन शनिबार ०४:३२

फागुन १, काठमाडौँ | न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रस्तुत छ, उनीहरूका धारणा–

कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसकेपछि घट्न सुरु भएको छ । शरीरमा एन्टिबडी (रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति)को विकास भई हर्ड इम्युनिटी (प्राकृतिक रूपमा समुदायको धेरै जनसंख्यामा प्राप्त रोग प्रतिरोधात्मक क्षमता)का कारण पनि संक्रमणदर घटेको हुन सक्छ ।

- डा. सागरकुमार राजभण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो कि वा अन्य कुनै कारण छ भनेर हामी अध्ययन गर्दै छौं । वंशाणुगत कारण वा  हर्ड इम्युनिटीको विकासबारे पनि अनुसन्धान नगरी केही भन्न सकिँदैन । 

- डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

संक्रमितको संख्या घटेको हो । सम्भावित व्यक्तिलाई संक्रमण भइसकेको देखिन्छ । सहर बजारमा हर्ड इम्युनिटीमा पुगेको होला भन्ने मेरो अनुमान छ । हामीसँग आँकडा छैन । अनुमानकै आधारमा बोल्नुपर्ने अवस्था छ ।

- डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

कोरोना संक्रमण चरमोत्कर्षबाट तुलनात्मक रूपमा मत्थर भएको छ । शरीरमा एन्टिबडी विकास भएर संक्रमण घटेको हो कि भन्ने सम्भावना व्यक्त गर्न सकिन्छ । समुदायमै गएर विधि प्रक्रिया मिलाएर एन्टिबडी टेस्ट वा सेरो प्रिभिलेन्स गर्न पाएको भए ढुक्कसँग भन्न  सकिन्थ्यो ।

- डा. शेरबहादुर पुन, क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

अहिले संक्रमण घटेकै छ । तर, राजनीतिक दलका गतिविधिका कारण संक्रमण बढ्न पनि सक्छ । भित्रभित्रै संक्रमण भइरहेको छ भने होली आसपास संक्रमितको संख्या बढ्न सक्छ ।

- डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस